एकैदिन सुनको मूल्य ६ हजार २०० घट्यो, तोलामा ९५ हजार ४०० रुपैयाँ
बुधबार, २८ साउन २०७७, ११ : ३६
काठमाडौं । बुधबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । गत साउन २३ मा तोलामा १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यससता भने क्रमशः घट्दै गएको हो ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण