शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भदौ ४ देखि रिलायन्स लाइफको आइपीओ खुल्ने

बुधबार, २८ साउन २०७७, ११ : ४५
बुधबार, २८ साउन २०७७

रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि  आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ५६ हजार ७० कित्ता सेयर बिक्री गर्न लागेको छ । हाल कायम जारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीले निष्कासन गर्न लागेको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले प्रतिकित्ता एक सय रुपैयाँमा  भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपिओ बिक्री नभएमा ढिलो अवधिमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ । 

आवेदकहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन  दिन सक्नेछन्। । कम्पनीले आइपिओ बिक्रीका लागि बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ। निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर वित्तिय अवस्था रहेको संकेत गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप