भदौ ४ देखि रिलायन्स लाइफको आइपीओ खुल्ने
रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ५६ हजार ७० कित्ता सेयर बिक्री गर्न लागेको छ । हाल कायम जारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले निष्कासन गर्न लागेको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले प्रतिकित्ता एक सय रुपैयाँमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपिओ बिक्री नभएमा ढिलो अवधिमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदकहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। । कम्पनीले आइपिओ बिक्रीका लागि बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ। निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर वित्तिय अवस्था रहेको संकेत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण