माउन्टेन टेलिभिजन कालोसूचीमा
काठमाडौं । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गरेको र पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा गर्दै जालसाँझी र झुठा विवरण पेस गरेको भन्दै काउन्सिलले उक्त टेलिभिजनलाई कालो सूचीमा राखेको हो ।
काउन्सिलले पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेको तर्फबाट साउन २ गते दर्ता भएको उजुरी र उक्त उजुरीको आधारमा प्रसारित सामाग्री अनुगमन गर्दा तथ्यगत पुष्टि बेगर एकोहोरो, अशिष्ट एवम् अमर्यादित रुपमा सार्वजनिक शिष्टाचार र व्यक्तिको मर्यादामा प्रतिकूल असर पर्ने गरी सम्प्रेषित उक्त सामाग्री पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) प्रतिकूल सामाग्री के, कसरी सम्प्रेषण हुन गएको हो ? भनी स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै फेरि उजुरीकर्ताले लिखित प्रतिक्रिया पेश गरेका थिए ।
त्यसपछि काउन्सिलले पटक पटक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । माउन्टेन टिभीले त्यसको समेत अवज्ञा गरेपछि काउन्सिलले २४ घण्टाभित्र क्षमायाचना सन्देश प्रसारण गर्न पुनः निर्देशन दिएको जनाएको छ । प्रसारण गरिएको उक्त क्षमायाचना सन्देश नक्कली भएको आरोप समेत लगाएको छ । उक्त क्षमायाचना सन्देश टिभीमा प्रसारण नगरी काउन्सिलमा मात्र उपलव्ध गराई पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा तथा जालसाँझी गरी झुठा विवरण पेश गरेको आरोप लगाउँदै काउन्सिलले उक्त टिभीलाई पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६)को दफा ७(१) (ज) बमोजिम कालोसूचीमा राखिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण