पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवस मनाइयो
शुक्रबार, ३० साउन २०७७, १२ : ५८
पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराइएको छ । । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले झण्डोत्तोलन गर्दै राष्ट्र निर्माणमा राष्ट्रपिता मोहम्मद अलिजिन्हाले गर्नुभएको योगदानको स्मरण गरे ।
त्यसअघि राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएका बेग्लाबेग्लै सन्देश वाचन गरिएको थियो । यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दिनुभएको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो । झण्डोत्तोलन समारोहमा दूतावासका कर्मचारी, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका पदाधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक