निजी अस्पताललाई २०प्रतिशत श्यया कोभिड-१९ का लागि राख्न अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत श्यया कोभिड–१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले कोभिड–१९ का बिरामी राख्न निजी अस्पताललाई २० प्रतिशत श्ययाको व्यवस्थापन गर्न आग्रह गरिएको बताए ।
अहिले काठमाडौँका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल, भक्तपुर अस्पताल र कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताललाई कोभिड–१९ हब अस्पतालका रुपमा रहेका छन् ।
उनले कुनै पनि अस्पतालमा भर्ना भएका बिरामी कोभिड–१९ को सङ्क्रमण भएपछि हब अस्पतालको संयोजनमा सोही अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए । नेपालमा अहिलेसम्म २५ हजार ५५१ जना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किसकेका छन् भने ९९ जनाको मृत्यु भइसकेको छ । आज मात्र काठमाडौँ उपत्यकामा ११९ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा ८३, ललितपुरमा ३० र भक्तपुरमा छ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्ग : पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण