बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

निजी अस्पताललाई २०प्रतिशत श्यया कोभिड-१९ का लागि राख्न अनुरोध

शुक्रबार, ३० साउन २०७७, १८ : २९
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत श्यया कोभिड–१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले कोभिड–१९ का बिरामी राख्न निजी अस्पताललाई २० प्रतिशत श्ययाको व्यवस्थापन गर्न आग्रह गरिएको बताए ।

अहिले काठमाडौँका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल, भक्तपुर अस्पताल र कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताललाई कोभिड–१९ हब अस्पतालका रुपमा रहेका छन् । 

उनले कुनै पनि अस्पतालमा भर्ना भएका बिरामी कोभिड–१९ को सङ्क्रमण भएपछि हब अस्पतालको संयोजनमा सोही अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए । नेपालमा अहिलेसम्म २५ हजार ५५१ जना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किसकेका छन् भने ९९ जनाको मृत्यु भइसकेको छ । आज मात्र काठमाडौँ उपत्यकामा ११९ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा ८३, ललितपुरमा ३० र भक्तपुरमा छ जना छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप