इस्मा गाउँपालिकाको केन्द्रका विषयमा नेकपामा सहमति
गुल्मी । लामो समयदेखि गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र राख्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) भित्रै देखिएको विवाद जिल्ला पार्टीले अन्त्य गरेको छ । इस्मा गाउँपालिकाको केन्द्र छिनुवा, लामटारी कि चाँपटारी ? भन्ने बिषयमा सो पार्टी भित्रै विवाद रहँदै आएको थियो ।
यही विषयमा आइतबार दिनभर सदरमुकाम तम्घासमा नेकपा गुल्मीको पार्टी कार्यालयमा बसेको बैठकले इस्मा गाउँपालिका वडा नम्वर ५ आम्वोटदेखि छिनुवा आसपासमा केन्द्र राख्न सर्वसम्मत निर्णय गरेको सो पार्टीका कार्यालय सदस्य तथा प्रेस संगठनका फ्याक्सन ईन्चार्ज हिरा एसीले जानकारी दिए ।
नेता एसीका अनुसार धेरै लामो छलफल र बहसपछि आइतबार अन्य विकल्प नभएकाले आम्वोट र छिनुवाको डेढ किलो मिटर दुरीमा ईस्माको केन्द्र राख्ने सर्वसम्मत निर्णय गरिएको हो ।
जिल्ला पार्टी कमिटीले गरेको यस्तो प्रस्तावलाई इस्मा गाउँ कमिटीका अध्यक्ष र सचिव, वडा कमिटीका अध्यक्ष र सचिव, निर्वाचित वडाध्यक्ष, इस्माका जिल्ला कमिटी सदस्यहरु, जिल्ला पार्टी, प्रदेश र केन्द्रीय नेताहको उपस्थितीमा सम्पन्न बैठकमा सर्वसम्मत यस्तो निर्णय भएको नेता एसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण