भारत सरकारको सहयोगमा बन्न लागेको विद्यालय शिलान्यास
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माध्यमिक विद्यालयको भवन आज शिलान्यास गरिएको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन एक कार्यक्रमबिच भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
शिलान्यस कार्यक्रममा दूतावासका प्रथम सचिव नन्दनले दूतावासले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग पुर्याउँदै आएको बताए । 'हामी अझै पनि आवश्यकता भएको ठाउँमा शिक्षा, स्वास्थ्य, एम्बुलेन्सलगायत क्षेत्रमा सहयोग गर्नेछौँ,' उनले भने ।
नगर उपप्रमुख जोशीले विद्यार्थीलाई पठनपाठनमा समस्या भएका विद्यालयमा पुनःभौतिक संरचना निर्माणमा सहयोगको अपेक्षा व्यक्त गरिन् । 'भौतिक संरचना जीर्ण भएर अध्यापनमा समस्या भइरहेका विद्यालयमा सहयोगका लागि आग्रहसमेत गरेका छौँ,' उनले भनिन्, 'भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गर्दछु ।'
त्यसैगरी विद्यालयका प्राधानाध्याक जनकराज जोशीले भारतीय सरकारको रु दुई करोड ३९ लाख लगानीमा तीनतले विद्यालय भवन निर्माण हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
-
बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
-
डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति: फिलीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण