शिवम् सिमेन्ट बिक्रीमा ह्रास आएपछि नाफा घट्यो
काठमाडौं । शिवम्को सिमेन्ट बिक्रीबाट हुने आम्दानी ११ अर्ब ३४ करोड रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा झरेको छ । यसले सिमेन्टको नाफा प्रभावित भएको छ ।
शिवम् सिमेन्टको नाफा अघिल्लो वर्षको भन्दा ३०.१२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चौंथो त्रयमासमा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सिमेन्टले अघिल्लो वर्ष यस कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । लक डाउनका कारण निर्माण कार्य प्रभावित हुँदा सिमेन्ट बिक्रीमा कमी आएको हो । शिवम्को अन्य स्रोतबाट १ करोड ३१ लाख रुपैयाँ कमाई भएको छ । अघिल्लो वर्ष १ करोड ३७ लाख रुपैयाँ अन्य स्रोतबाट कमाई भएको थियो ।
हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण नियमित उद्योग सञ्चालन हुन नसक्दा कारोबार प्रभावित भएको र उत्पादन तथा बिक्री वितरण लगायतका कार्यहरुमा असर परेको कम्पनीको भनाई छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । सेयर प्रिमियम शीर्षकमा ९४ करोड रुपैयाँ छ । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा रहेको पैसा बोनस वितरणमा खर्च गर्न सकिन्छ ।
यस अवधिमा कम्पनीको बिक्री लागत ६ अर्ब ४७ लाख हजार रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २४ रुपैयाँ ०६ पैसा (वार्षिक) रहेको शिवम्को प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ४३ पैसा छ । शिवम्ले सहायक कम्पनीहरुमा ३ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण