शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्ट बिक्रीमा ह्रास आएपछि नाफा घट्यो

आइतबार, ३२ साउन २०७७, १५ : ११
आइतबार, ३२ साउन २०७७

काठमाडौं । शिवम्को सिमेन्ट बिक्रीबाट हुने आम्दानी ११ अर्ब ३४ करोड रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा झरेको छ । यसले सिमेन्टको नाफा प्रभावित भएको छ । 

शिवम् सिमेन्टको नाफा अघिल्लो वर्षको भन्दा ३०.१२ प्रतिशतले  घटेको छ । गत आर्थिक वर्षको चौंथो त्रयमासमा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सिमेन्टले  अघिल्लो वर्ष यस कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । लक डाउनका कारण निर्माण कार्य प्रभावित हुँदा सिमेन्ट बिक्रीमा कमी आएको हो । शिवम्को अन्य स्रोतबाट १ करोड ३१ लाख रुपैयाँ कमाई भएको छ । अघिल्लो वर्ष १ करोड ३७ लाख रुपैयाँ अन्य स्रोतबाट कमाई भएको थियो । 

हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण नियमित उद्योग सञ्चालन हुन नसक्दा कारोबार प्रभावित भएको र उत्पादन तथा बिक्री वितरण लगायतका कार्यहरुमा असर परेको कम्पनीको भनाई छ । 

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । सेयर प्रिमियम शीर्षकमा ९४ करोड रुपैयाँ छ । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा रहेको पैसा बोनस वितरणमा खर्च गर्न सकिन्छ ।

यस अवधिमा कम्पनीको बिक्री लागत ६ अर्ब ४७ लाख हजार रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २४ रुपैयाँ ०६ पैसा (वार्षिक) रहेको शिवम्को प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ४३ पैसा छ । शिवम्ले सहायक कम्पनीहरुमा ३ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप