शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा आठ फरार प्रतिवादी पक्राउ

सोमबार, ०१ भदौ २०७७, २२ : ३५
सोमबार, ०१ भदौ २०७७

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अपराधी पक्राउ गरिएको छ । प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सुर्खेतमा चेक अनादर, जालसाज र जुवामा एकएक गरी तीन जनालाई पक्राउ गरेको छ । 

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा कुटपिट र लुटपाटका एकएक गरी दुई जना पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।  त्यसैगरी जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले ६ महिनाको कारागारको सजाय फैसला सुनाइएको लागुऔषधका एक फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरी प्रवक्ता बाँस्तोलाले बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले अंश मुद्दाका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ । उनका अनुसार २ वर्ष ६ महिना कारागार सजाय सुनाइएका लागुऔषधका फरार अभियुक्तलाई पक्राउ गरी सम्बन्धित जिल्लाका अदालतमा बुझाएर फैसला कार्यान्वयन गराइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप