यौन दुर्व्यवहारका कारण बेलायती सेनामा कार्यरत गोर्खा सैनिक जेल चलान
लन्डन – आफ्नै साथीको छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ब्रिटिस सेनामा सेवारत एक गोर्खा सैनिकलाई जेल चलान गरिएको छ ।
४४ वर्षीय बिनोद राईलाई ब्रिष्टोल क्राउन कोर्टले साँढे दुई वर्षका लागि जेल चलान गरेको स्थानीय अनलाइन वील्शायर टाइम्सले उल्लेख गरेको छ ।
फैसला सुनाउंदै न्यायधिस जेम्स प्याट्रिकले आफ्नो देशको लागि राईले सम्मानका साथ् काम गरेको भए पनि उनले बालिकामाथि अस्वस्थ चाहना राखेको बताएका थिए ।
घटना गत वर्ष सन् २०१९ को जुलाईमा घटेको थियो । आफ्नो बच्चा लिन रेल्वे स्टेशन पुगेका राइले ति १३ वर्षीय बालिकालाई समेत गाडीमा राखेर संगै लिएर आएका थिए । उनलाई स्टेशनबाट ल्याउनको लागि अविभावकले अनुमति नदिएको बालिकाका अविभावकले बताएका छन् ।
आफ्नो घरमा आएपछी गाडी पार्क गरेर उनि ड्राइभर सिटबाट बाहिर निस्किए र पछाडिको झ्याल खोले जहाँ ति बालिका बसेकी थिइन् । राईले ति बालिकाको छातीका संवेदनशील अंगमा सुम्सुम्याउने र पछाडी ढल्किन भन्दै उनको खुट्टाको बीचमा हात राख्ने प्रयास गरेका थिए । सोहि समयमा ति बालिकाको बुबाले उनलाई बोलाएपछी सो घटनाक्रमको अन्त भएको थियो ।
तर, राईले भने आफूले गल्ति नगरेको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । राईको चरित्र राम्रो रहेको र उनले विशिष्ट रुपमा देशको सेवा गरदै आएको बताइएको छ ।
यौन दुर्व्यवहारको आरोप लागेका कारण उनले आफ्नो जागिर तथा आवास गुमाउनुका साथै बेलायतमा बस्न पाउने कानूनी अधिकार समेत गुमाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण