पर्सामा पत्रकार, प्रहरीसहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा र काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार प्रहरी सहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ३३ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालिकादेखि ८० वर्षकी वृद्धा महिला रहेका छन् ।
नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार सोमार २ ठाँउको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ११ जना र पर्सा जिल्लाका १ सय २३ जना सहित थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत १ जना कर्मचारी रहेका छन् ।
सान्भी एफ।एमका ३१ बर्षका १ जना प्रबन्धक निर्देशक, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४५ बर्ष र ३० बर्षका २ जना बिरामी, जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताका ७ जना प्रहरी रहेका छन् भने वीरगन्ज ४ बिर्ताका एक जना ३२ बर्षका डाक्टर समेतमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।
त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १८ जना रहेका छन् भने पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका २५ जना रहेका छन् ।
त्यसैगरी बारा जिल्लाका विभिन्न ठाँउका ११ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।
साउन ३० गते देखि भदौ ०१ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६६ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। उदय नारायण सिंहले जानकारी दिए । काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पनि ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण