बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पर्सामा पत्रकार, प्रहरीसहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, ०२ भदौ २०७७, १२ : १२
मङ्गलबार, ०२ भदौ २०७७

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा र काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार प्रहरी सहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ३३ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालिकादेखि ८० वर्षकी वृद्धा महिला रहेका छन् । 

नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार सोमार २ ठाँउको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ११ जना र पर्सा जिल्लाका १ सय २३ जना सहित थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत १ जना कर्मचारी रहेका छन् । 

सान्भी एफ।एमका ३१ बर्षका १ जना प्रबन्धक निर्देशक, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४५ बर्ष र ३० बर्षका २ जना बिरामी, जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताका ७ जना प्रहरी रहेका छन् भने वीरगन्ज ४ बिर्ताका एक जना ३२ बर्षका डाक्टर समेतमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १८ जना रहेका छन् भने पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका २५ जना रहेका छन् ।

त्यसैगरी बारा जिल्लाका विभिन्न ठाँउका ११  जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

साउन ३० गते देखि भदौ ०१ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६६ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। उदय नारायण सिंहले जानकारी दिए । काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पनि ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप