अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास सुरू गरेलगत्तै उत्तरकोरियाले उच्चस्तरीय बैठक बोलायो
एजेन्सी । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले आफ्नो वार्षिक ग्रीष्मकालीन सैन्य अभ्यासहरू सुरु गरेपछि प्योङयाङले त्यहाँको सत्ताधारी दलको उच्च स्तरीय बैठक बुधबारका लागि बोलाइएको छ ।
सत्तारुढ मजदुर पार्टीको बुधवारको केन्द्रीय समितिको पूर्ण बैठकमा ‘कोरियाली क्रान्तिलाई विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने’ र पार्टीको ‘युद्ध कुशलता’ लाई बढाउने कुराको निर्धारण गर्ने प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले मंगलबारको समाचारमा उल्लेख गरेको छ ।
यस वर्ष कोरोनाभाइरस महामारीको कारण बैठक तथा सभा सम्मेलनलाई कम गरिएको भएपनि सैन्य अभ्यासको थालनीसँगै पार्टीको महत्वपूर्ण बैठक बोलाइएको हो । उत्तर कोरियाले बैठकका अन्य बिषयहरूलाई सार्वजनिक गरेको छैन ।
उत्तर कोरियामा केही समय पहिले भएको अविरल वर्षापछि बाढी, डुवान तथा पहिरोले व्यापक क्षति पु¥याएको थियो । त्यस्तै उत्तर कोरियामा संयुक्त राष्ट्रसंघको नाकावन्दी र कोभिड–१९ सङ्क्रमणका कारण आर्थिक सङ्कट देखिएको प्योङयाङबारे जानकार कोरियाली प्राध्यापक तथा विश्लेषकहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण