शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठाँटीकाँध र नौमूलेः तीनको निधन

बुधबार, ०३ भदौ २०७७, २१ : २९
बुधबार, ०३ भदौ २०७७

लगातार परेको वर्षात्सँगै आएको बाढीपहिरोसँगै  दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन् ।
 ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरागाउँमा मङ्गलबार राति आएको पहिराले घर पुरिँदा ११ वर्षीय जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ वर्षीय  लोकेश कठायत बेपत्ता भएका छन् । 

यस्तै भगवतीमाई गाउँपालिका –५ कट्टीमा लगातारको वर्षात्सँगै  घर भत्किँदा बलबहादुर रावतको मृत्यु भएको छ । अन्य परिवार अलग घरमा सुतेको र बलबहादुर मात्रै सुतेको घर पहिराले पूरै पुरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 
 नौमूले गाउँपालिका वडा नं ५ भित्रीखोला छेउमा खोलाले बगाएर मृत्यु भएका एक पुरुषको शव फेला परेको छ  । मृत्यु हुनेमा नौमूले– ४ बस्ने २१ वर्षीय भविलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

बुढाको मृत्यु खोलाले बगाएर नभई हत्या गरिएको हुन सक्ने जनाउँदै आफन्तले घटनाको विस्तृत छानबिन गरिदिन माग गरेका छन् । कालिका बजारबाट घर जान्छु भनेर गएका उनको घरभन्दा करीब दुई घण्टा तल खोला किनारमा शरीरमा कपडा नभएका अवस्थामा शव भेटिएको थियो । 

टाउको र अन्य भागमा चोट देखिएको छ । घटनास्थल मुचुल्का गरिएको छ । शव परीक्षणका लागि स्वास्थ्य कार्यालय दैलेख  ल्याउँदै गरिएको छ । नौमूले प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप