दलित बालिकालाई दुर्व्यवहार गर्ने युवकमाथि करणी उद्योगको मुद्दा
बुधबार, ०३ भदौ २०७७, २२ : ४०
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुर्व्यवहार गरेको आरोपमा गैरदलित युवकमाथि जबरस्ती करणी उद्योगको मुदा दर्ता गरिएको छ । कटहरिया नगरपालिका वडा २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहमाथि करणी उद्योगमा मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए ।
४ दिनअघि गाउँकै एक दलित बालिकालाई ललाईफकाई करणी गर्न लागेको पीडितका बाबुको उजुरीको आधारमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ परीक्षण समेत भैसकेको डिएसपी महतोले जानकारी दिए । घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण