विद्युत अवरुद्ध हुँदा आठसय घरधुरी अन्धकारमा
रुकुमपूर्व । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा करिव एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि गाउँपालिकाको वडा नं १२ र १३ मा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो ।
गत साउनको पहिलो सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा ती दुई वडाका करिव आठसय घरधुरी समस्यामा परेका छन् । विद्युत उत्पादन सप्लाइ गर्ने दुई ठाउँको ट्रान्सफर्मर जलेपछि विद्युत अवरुद्ध भएको ओख्मा लघु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष जनक बुढाले जानकारी दिए ।
वर्षात्को समयमा सामान ढुवानीगर्न समस्या हुनुका साथै बन्दाबन्दीकोले नयाँ उपकरण ल्याउन समस्या भएको उनले बताए । पुथा १२ स्थित आयोजनाको विद्युत अवरुद्ध हुँदा ती दुई वडाका गोल्खाडा, कोल, गर्खानी, खैरे र विर्गुम लगायत गाउँका आठ सय घरधुरी विद्युत सेवाबाट वञ्चित भएका हुन् । यस्तै ओख्मा र कोलमा गरी दुई ठाउँको ट्रान्सफर्मर गत फागुन महिनामा जलेदेखि नयाँ जडान नगरिएको र फागुदेखि कोल गाउँ र प्राथमिक स्वास्थ्य केन्द्र कोलले विद्युतको समस्या झेलिरहेका छन् ।
पावर हाउसको विद्युतीय उपकरण र ट्रान्सफर्मर ल्याउन पहल भइरहेको पुथा १२ का वडाध्यक्ष गंगाबहादुर पुनले बताए । ट्रान्सफर्मर खरिदको लागि १२ र १३ नम्बर वडाले पाँच÷पाँच लाख र गाउँपालिकाले पाँच लाख गरी जम्मा १५ लाख बजेटसमेत विनियोजन गरेको वडाध्यक्ष पुनले जानकारी दिए । दुई वडा कार्यालय र विद्युत उपभोक्ता समितिको समन्वयमा अवरुद्ध भएको विद्युत सेवा सुचारु गरिदिन स्थानीयले अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण