जुम्लामा एकै दिन ५६ जनामा कोरोना भेटियो
बिहीबार, ०४ भदौ २०७७, २१ : ४३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ ५६ जनामा सङ्क्रमण देखिएको छ । विहीबार गरिएको परीक्षणमा हिमा गाउँपालिकाका ५१ जना र नाग्मका ५ जना गरी ५६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।
एक सय २९ जनाको नमुना सङ्कलन गरिएको थियो । जुम्लामा यति धेरै सङ्क्रमित देखिएको यो पहिलो पटक हो । जुम्लाको चन्दननाथ नगरपालिकासहित सात वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।
गत शुक्रवारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । सङ्क्रमितहरूको सम्पर्कमा आएका सबै जनाको कन्ट्रयाक ट्रेसिङ्ग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण