तीज पहिरनमा ब्युटिफुल दीपिका
काठमाडौं । पछिल्लो समय कलाकारितामा थुपै्र नवप्रतिभा भित्रिएका छन् । ती मध्यकी एक हुन् दीपिका थापा । दीपिका ३ वर्ष अगाडि सडक नाटक ‘सौन्दर्य चौतरी’बाट अभिनयमा भित्रिएकी हुन् । अहिलेसम्म आधा दर्जन नाटक, मानव, लौन जात्रै भो लगायत केही टेलिसिरियल र थुप्रै म्युजिक भिडियो अभिनय गरेकी थापा ललितपुर १४ ताछिखेलकी स्थायी बासिन्दा हुन् ।

केही छोटा चलचित्र समेत अभिनय गरेकी उनी केही दिन अगाडि मुर्हूत भएको फिल्म ‘लक्ष्य जिन्दगीमा’ समेत अभिनयको लागि अनुबन्धित भएकी छन् । सानैदेखिको रहरले कलाकारितामा रोजेको बताउने उनी स्कुल अध्ययन गर्दा नाच्ने, नाटक अभिनय गर्ने समेत गर्दथिईन् । स्कुल अध्ययन पुरा भएपछि भने उनले थियटर अभिनय प्रशिक्षण लिएर कलाकारितामा होमिएकी हुन् ।

सफल र ब्यवसायी कलाकार बन्ने उदेश्य लिएकी थापा धार्मिक स्वभावकी छिन् । त्यसैले पनि उनी केही वर्षदेखि नियमित तीजको वर्त समेत बस्दै आएकी छन् । तीजका लागि टिका, मेहिन्दी, चुरालगायत साधारण सपिङ गरेको बताउने दीपिकाले तीजको अवसर पारेर केही तस्बिर सुट समेत गराएकी छन् । तस्बिरमा उनी उनी निकै सुन्दर देखिएकी छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण