नेपाल प्रहरीमा पाँच डिआइजी थपिने
काठमाडौं – सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ । गत वर्षको २८ चैतमा डिआइजीको संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँच वटा दरबन्दी थप गर्न तयारी अघि बढाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा डिआइजी दरबन्दी थप गर्न सहमत भएपछि मत्रालयले थप तयारी समेत अघि बढाएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
गृह मन्त्रालय स्रोतका अनुसार सो विषयमा प्रहरी प्रधान कार्यालय र मन्त्रालयबीच कति संख्यामा दरबन्दी थप गर्ने भन्नेमा समेत सहमति जुटिसकेको छ ।
प्रधान कार्यालयले महत्वपूण विभागमा डिआइजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल १४ जनाको संख्या रहेको डिआइजीबाट पाँच बढाएर १९ पु(याउन प्रस्ताव गरिसकेको छ ।
यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक डिआइजीको दरबन्दी २६ थियो भने सरकारले एकै पटक गत चैतमा संख्या घटाएर १४ मा झारेको थियो । त्यसयता डिआइजी प्रमुख रहेका प्रहरी संगठनका कतिपय विभागहरू एसएसपीको भरमा चल्दै आएका छन् ।
सरकारले डिआइजीको संख्या कटौती गर्दा बढुवाको मुखमा रहेका धेरै एसएसपी मर्कामा परेका थिए भने प्रहरी संगठनभित्र असन्तुष्टिसमेत बढेको थियो । त्यसबखत गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीचपटक पटक भनाभन समेत भएको थियो ।
संख्या थप गर्ने विषयमा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएनएम) समेत गठन भएको थियो । तर हाल उनी गृहबाट रक्षा मन्त्रालय सरुवा भएका छन् । समितिमा प्रहरीतर्फबाट डिआइजी प्रकाशजंग कार्की सदस्य छन् ।
सो समितिले नेपाल प्रहरीमा प्रशासनतर्फका ५ जना डिआइजीको दरबन्दी थप्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव सहमती पछि अर्थमन्त्रालयमा पठाई सकिएको छ ।
अर्थले दरबन्दी थपबारे स्वीकृति दिएपछि सो प्रस्ताव कानुन मन्त्रालयको रायसहित पुनः गृह मन्त्रालयमा आउनेछ । अर्थ र कानुन मन्त्रालयको सहमति पाएपछि गृह मन्त्रालयले स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पठाउनेछ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण