२२ प्रहरी र ८ थुनुवासहित ३० जनामा कोरोना देखियो
आइतबार, ०७ भदौ २०७७, ०९ : ०२
सिरहा । सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ देखि ५३ वर्ष उमेरका सबै पुरुष हुन् ।
जिल्ला स्वास्थ कार्यालय सिरहाकाअनुसार इलाका प्रहरी कार्यालय लहानका ३० जनामा कोरोना पुष्टि भएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलका अनुसार ईलाका प्रहरी कार्यालय लहानका २२ प्रहरीमा कोरोना पुष्टि भएको छ । यस्तै ८ जना थुनुवामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।
यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५ जना, इलाका प्रहरी गेालबजारका १० प्रहरीमा कोरोना देखिएको थियो ।
संक्रमित सबै प्रहरी कार्यालयकै आइसोलेसनमा बसेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डीएसपी बिनोद घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण