हरिबहादुरसँगको घम्साघम्सीमा मारियो चितुवा
आइतबार, ०७ भदौ २०७७, १३ : १७
लमजुङ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो ।
थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ । मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐनअनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’ प्रजिअ शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण