गुल्मीमा बिरामी चितुवाको उद्धार
गुल्मी । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ६ को अर्जैको खेतमा विरामी परेर वेहोस अवस्थामा लडेको उक्त चितुवा जिल्ला वन कार्यालयका कर्मचारीले देखेपछि उसको उद्धार गरेका हुन् ।
वेहोस अवस्थामा खेतमा लडेको चितुवा बिरामी परेको होला भनि होशियारीपूर्वक समातिएको मदाने मालिका वन शव डिभिजन कार्यालयका प्रमुख रामबहादुर घलानले बताए । खेतको गरामा बेहोसजस्तै अवस्थामा देखियो । टाढैबाट लामो लौराले घोचेर आक्रमण गर्छकि गर्दैन भनेर परीक्षण गरियो । उसले कुनै प्रतिकृया नजनाएपछि पहिला उसको खुट्ठा बाँधेर खोरमा राखि ल्याइएको हो’ घलानले भने ।
जिल्ला वन कार्यालयकी सहायक वन अधिकृत सविना केसीले अहिले उक्त चितुवा चल्ने र कराउने गर्न थालेको छ । ‘पशु सेवा कार्यालयबाट ल्याएर औषधी खुवाइएको छ । के भएर उ लठ्ठिएको हो भन्ने खुलेको छैन ।’ चितुवा पूर्णरुपमा निको भए फेरि त्यसै वनमा छाडिने, निको नभए थप उपचारका लागि राष्ट्रिय निकुन्जतिर पठाइने सहायक वन अधिकृत केसीले बताइन् ।
अर्का सहायक वन अधिकृत घलानकाअनुसार त्यस चितुवाको उमेर बढीमा ३ बर्ष भएको हुनुपर्छ । पुच्छ्र सहित उसको लम्वाई करिव ६ फिट रहेको छ भने तौल २० किलो जति अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण