कपिलवस्तुमा भदौ १५ गतेसम्म लकडाउन थपियो
बुटवल । कपिलवस्तुमा कोराना संक्रमण समुदायमा फैलिएपछि थप ८ दिन लकडाउन थपिएको छ । पछिल्लो समय थप भएको एक हप्ताको लकडाउन आइतबार (आज) राति १२ बजे सकिन लागेका बेला आइतबार दिउँसो बसेको बैठकले लकडाउनलाई भदौ १५ गते राति १२ बजेसम्म लम्ब्याएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रशासनमा आइतबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १५ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लकडाउन जारी गरेको हो ।
जिल्लामा साउन २६ गते राती १२ बजेदेखि लगातार लकडाउन हुँदै आएको छ । पछिल्लो समय जिल्लाभित्र समुदायतहमा कोरोना संक्रमण फैलिदै गएको छ । अहिलेको स्थितिमा कोरोनाबाट बच्ने एक मात्र उपाय लकडाउन भएको निष्कर्ष निकाल्दै आगामी भदौ १५ गतेसम्म जिल्लामा लकडाउन जारी भएको हो ।
जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा हालकै लकडाउन यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा जारी सूचनामा उल्लेख छ । तर बैंक तथा वित्तिय संस्था भने विहान ८ बजे देखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर खुलाउन सकिने प्रशासनले स्पष्ट पारेको छ । कपिलबस्तुमा हाल सम्म १ हजार भन्दा धेरै कोरोना संक्रमण भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण