मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

सोमबार, ०४ साउन २०८३, १९ : ११
सोमबार, ०४ साउन २०८३

काठमाडौँ। वैदेशिक रोजगारीमा यूके पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन्।

वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौँ महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौँको माइतीघरबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । 

उनीविरूद्ध यूके पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ। पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप