प्रदेश २ मा कानुन मन्त्रीका स्वकीय सचिवसहित १० जनामा कोरोना संक्रमण
जनकपुर । प्रदेश नम्बर २ मा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका स्वकीय सचिवसहित एक निजी अस्पतालका १० जना कर्मचारी कोरोना संक्रमित भएका छन् । कानुनमन्त्री यादवका स्वकीय सचिवसहित स्थानीय काव्या अस्पताल प्रालिका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको पीसीआर परीक्षणको क्रममा आइतबार आएको नतिजा अनुसार उनीहरु संक्रमित रहेको जनाइएको छ । केहि साताअघि कानुनमन्त्री यादव स्वयम् संक्रमित थिए । अहिले उनका स्वकीय सचिवमा कोरोना संक्रमण पोजेटिभ आएको छ ।
मन्त्री यादवले आफु अहिले पनि होम आईसोलेसनमा रहेकाले करिब २० दिनदेखि स्वकीय सचिवसहित कसैसँग पनि भेटघाट नभएको बताए । त्यस्तै जनकपुरधाम वडा नम्बर ९ स्थित काव्या अस्पताल प्रालिका १० जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
अस्पतालका एकजना चिकित्सकसहित आइसीयूका ७ जना स्वास्थ्यकर्मी र प्रशासनका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । केहि दिनअघि एक निजी अस्पताल आस्था अस्पतालका लेखापालमा समेत कोरोना संक्रमण पोजेटिभ पाइएको थियो । उनी अहिले आइसोलेसनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण