सवारी चालकलाई संक्रमण पुष्टि, मुख्यमन्त्रीसहित कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा
सोमबार, ०८ भदौ २०७७, १२ : ३४

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिवालयका सवारीचालकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयबाट हुने कामहरु प्रभावित भएका छन् । आइतबार सवारी चालकलाई संक्रमण पुष्टि भएसँगै केही कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा बस्नुपरेपछि दैनिक हुने काम प्रभावित भएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवर ‘प्रख्यात’ ले रातोपाटीलाई जानकारी दिए ।
‘पर्सीसम्म मुख्यमन्त्रीसहित सबै कर्मचारीको स्वाब परीक्षण गर्ने भन्ने छ,’ उनले भने, ‘आजै परीक्षण गर्ने भन्ने थियो । तर, एक–दुई दिन पर्खेर स्वाब परीक्षण गर्दा राम्रो हुने डाक्टरको सुझाव पछि परीक्षण नगरिएको हो ।’ मुख्यमन्त्री त्रिलाचन भट्टसहित कार्यालयका कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
-
ट्रम्पको पश्चिम एसिया भ्रमण सम्पन्न
-
लुम्बिनी प्रदेशमा राजश्व सङ्कलन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सुरू
-
तीनकुनेको प्रदर्शनस्थलमा खटिएका अधिकृतहरूसहित ३५ प्रहरी कर्मचारीसँग सोधपुछ
-
सरकारले काम दिएन भने हामी सांसदको एक मिनेट पनि कामै छैन : महेश बर्तौला
-
स्रोत नखुलेको ८ लाख ३९ हजार रकमसहित एकजना पक्राउ