सवारी चालकलाई संक्रमण पुष्टि, मुख्यमन्त्रीसहित कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा
सोमबार, ०८ भदौ २०७७, १२ : ३४
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिवालयका सवारीचालकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयबाट हुने कामहरु प्रभावित भएका छन् । आइतबार सवारी चालकलाई संक्रमण पुष्टि भएसँगै केही कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा बस्नुपरेपछि दैनिक हुने काम प्रभावित भएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवर ‘प्रख्यात’ ले रातोपाटीलाई जानकारी दिए ।
‘पर्सीसम्म मुख्यमन्त्रीसहित सबै कर्मचारीको स्वाब परीक्षण गर्ने भन्ने छ,’ उनले भने, ‘आजै परीक्षण गर्ने भन्ने थियो । तर, एक–दुई दिन पर्खेर स्वाब परीक्षण गर्दा राम्रो हुने डाक्टरको सुझाव पछि परीक्षण नगरिएको हो ।’ मुख्यमन्त्री त्रिलाचन भट्टसहित कार्यालयका कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण