‘विक्की डोनर’ जस्ता फिल्मबारे आफ्ना सन्तानलाई कसरी सम्झाउनेछन् आयुष्मान खुराना ? दिए यस्तो जवाफ
बलिउड अभिनेता आयुष्मान खुरानाले निकै कम समयमा बलिउडमा अलग पहिचान बनाएका छन् । आयुष्मान खुराना बलिउडका ती कलाकारमध्ये एक हुन् जो आफ्नो भिन्न फिल्मको छनोटका लागि परिचित छन् । उनले आफ्नो फिल्मका पात्रसँग यस्ता–यस्ता एक्सपेरिमेन्ट गरिसकेका छन् जुन मेन स्ट्रिम कलाकारले पात्र निभाउनु अघि धेरैपटक सोच्नेछन् । हालै आयुष्मान आफ्नो एक भाइरल भिडियोका कारण चर्चामा आएका छन् । जसमा आयुष्मानसँग विकी डोनर र बधाई हो जस्ता फिल्मबारे आफ्ना बच्चालाई कसरी बताउनुहुन्छ भनेर सोधिएको छ । यी प्रश्नको आयुष्मानले निकै रोचक जवाफ दिएका छन् ।
वास्तवमा आयुष्मान खुरानाको यो भिडियो निकै पुरोना हो जसमा उनी करन जोहरको च्याट शो कफी विद करनमा देखिएका छन् । आयुष्मान यो शोमा विकी कौशलसँगै पुगेका छन् । यस्तै करन जोहरले जब र्यापिड फायर राउन्डमा थुप्रै प्रश्न सोधे । यसैबीच करन जोहरले आयुष्मानलाई सोधे, ‘तपाईंको विकी डोनर र बधाई हो जस्ता फिल्मबारे आफ्नो बच्चालाई कसरी बताउनु हुन्छ ? ’ यसमाथि नायकले निकै रोचक जवाफ दिए । हेर्नुहोस् भिडियोः
आयुष्मान खुरानाले विकी डोनरबारे भने, ‘बेटा पापाको यसै प्रतिभाका कारण आज तिम्रो अस्तित्व छ ।’ यस्तै बधाई हो बारे उनी भन्छन्, ‘जब हामी बुढा हुन्छौं तब हामीलाई एक्लै नछोड्नु ।’ यसबाहेक ‘शुभ मंगल सावधान’ बारे उनले भने, ‘यदि यो नभएको भए तिमी हुने थिएनौं ।’ आयुष्मान खुरानाको यो जवाफ सुनेर करन जोहर र विकी कौशल मज्जाले हासेको देख्न सकिन्छ ।
स्मरण रहोस्, आयुष्मान खुरानाका दुई सन्तान छन् । जेठो छोरा विराजवीर ८ वर्षका छन् भने वरुष्का खुराना ६ वर्षकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण