रुकुमपूर्वका सीमा बन्द
रुकुमपश्चिममा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ ।
रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राती १२ः०० बजेदेखि लागु हुने गरी यही भदौ १४ गते राती १२ः०० बजेसम्म सीमानाका बन्द गरिएको जनाएको छ ।
रुकुमपूर्वसँग सिमाना जोडिएका रुकुमपश्चिमका खोपीचार, छिङ, भलखोला, बागलुङको पातीहाल्ना, रोल्पाको धर्मशालालगायतका क्षेत्र बन्द गरिएको छ ।
आज बसेको डीसीसीएमसीको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । कसैलाई जिल्ला भित्रिनैपर्ने भए पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको प्रजिअ राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण