भारतको महाड शहरमा ५ तले भवन ढल्यो, दर्जनौ हताहत भएको आशंका
एजेन्सी । भारतको महाराष्ट्रस्थित रायगढमा एक भवन ढल्दा ९० जनाभन्दा बढी हताहत भएको आशंका गरिएको छ । रायगढ जिल्लाको महाडमा रहेको ५ तले भवन ढलेको हो । महाड शहर दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा पर्दछ । रायगढ जिल्ला प्रशासनका अधिकारीहरुका अनुसार चारवटा टिम उद्धार कार्यमा लागेका छन् ।
१५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ । समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन (प्रतिक्रिया) बलको टोलीहरु उद्धारका लागि पुगेका छन् । स्थानीय प्रहरीका अनुसार सोमबार साँझ ७ बजे भवन ढलेको हो ।
हापुस ताल नजिकै रहेको उक्त भवन एक दशक पुरानो भवन हो । यस भवनामा ४५ देखि ४७ वटा फल्याटहरु थिए । जब भवन ढल्न लागेको थियो, त्यही बेला केही मानिसहरु भने भवन बाहिर आउन सफल भने धेरै मानिसहरु त्यसबेला भित्रै थिए । महाड शहर एक औधोगिक क्षेत्र हो, जहाँ प्रत्येक वर्ष ठूलो वर्षा भैरहन्छ ।
सन् २०१६ मा पनि मुम्बई–गोवा राजमार्गमा रहेका ब्रिटिशकालिन पुल यसैगरी ढलेको थियो । जसका कारण ठूलो क्षति पुगेको थियो । भारतीय गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद प्रतिक्रिया बलका महानिर्देशकलाई उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन् । त्यस्तै मुख्यमन्त्री उद्धव ठाकरे, स्थानीय विद्यायक भरत गोगावले लगायतले घटनाको समीक्षा गरेका छन् र उद्धार कार्यमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण