कर्णालीमा ९ फरार प्रतिवादी पक्राउ
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा नौ फरार अपराधी पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिखित बेइज्जतीमा रु तीन हजार जरिवानासहित एक र जिल्ला प्रहरी कार्यालय कालीकोटबाट चौपाया चोरी मुद्दाका एक जनालाई रु ६४ हजारसहित पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा जबर्जस्ती करणी र लुटपिट मुद्दाका एकएक र हातहतियार खरखजाना मुद्दाका दुई जना पक्राउ गरी सम्बन्धित अदालतमा बुझाइएको प्रहरी बरिष्ठ उपरीक्षक बाँस्तोलाले बताए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार मुद्दाका दुई जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । यो अभियान निरन्तर अघि बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण