मन्त्री नेम्वाङ र राजदूतबीच भेटवार्ता
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बर्दिवास खण्डको निर्माणमा रुस सरकारले लगानीसहित सहकार्य गर्नेबारे छलफल भएको थियो । त्यस्तै, ७२ किलोमिटर लम्बाईको सङ्घीय राजधानी काडमाडौंको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रतिनिधिले मेट्रो प्रोजेक्टको पाँच खण्ड मध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानीसहित सहभागी हुन प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा राजदूत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफु उत्साहित रहेको र रसियन सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्दै त्यसबाट विश्व मानव जातिलाई बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भेटमा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, वीरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्टबारे समेत सो अवसरमा छलफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण