देशभर अत्यावश्यक औषधिको अभाव छैन: विभाग
काठमाडौं । औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यकीय औषधिहरुको अभाव नरहेको जनाएको छ । तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाई छ । अहिले देशका कुनैपनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।
नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउनेक्रममा केही ढिला हुँदा समस्या देखिएपनि अभावको अवस्था नभएको उनको भनाई छ । उनले भने, ‘‘आवश्यक औषधि उपलब्ध छन् । कुनै निश्चित औषधि अभाव भएको सूचना आएको छैन । कुनै पनि औषधिहरु निश्चित क्षेत्रमा अभाव भयो भन्ने रिपोर्टिङ भएपनि व्यवस्थापन गरिएको अवस्था छ । अभावको अवस्था निश्चित रुपमा देखिएको छैन । नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिलाइ हुँदा बजारमा नपाएको भन्ने कुरा आएपछि क्लोज नेटवर्क मार्फत काम हुन्छ । कुनै समस्या प¥यो भने एउटै फोरम भित्रबाट पनि समाधान हुन्छ । अभाव देखिएपनि अवस्था समाधान भएको पाइएको छ ।’’
चिकित्सकहरुको सल्लाहविना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको संख्या बढेकोप्रति उनले चिन्ता व्यक्त गरे । औषधि सेवनले सधै स्वास्थ्यलाई फाइदा नपुग्ने उल्लेख गर्दै उनले अनावश्यक रुपमा औषधि सेवन नगर्न आग्रह गरे । उनले भने, ‘‘आवश्यकता भन्दा बढी औषधि दिएर व्यापारिक फाइदा त होला तर यसले शरीरलाई हानी पु¥याउँछ । कतिपय अवस्थामा ज्यान पनि जान सक्छ । अनावश्यक रुपमा सेवन गर्नु हुँदैन र बिक्री पनि गर्नु हुँदैन भन्ने सबैले बुझ्नुपर्छ । विरामीले औषधिको अपेक्षा राख्नु सामान्य भएपनि धेरै औषधि लिएर सेवन गर्ने कुरालाई निराकरण गर्नेतिर सबैले सोच्नुपर्छ ।’’
कोरोना भाइरसविरुद्ध नेपालमा प्लाज्मा थेरापीका लागि अनुमति दिइएको उनले बताए । आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उनले रगतको प्लाज्मा निकालेर गम्भिर अवस्थाका विरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ‘एसटी’ नामक आयुर्वेदिक औषधिको उपयोगिताका बारेमा पनि अध्ययन गरिरहेको सूचना आफुले पाएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण