सोल्टीमोडबाट ११२ वटा मोबाइलसहित २ जना पक्राउ
बुधबार, १० भदौ २०७७, १८ : ०९
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडबाट प्रहरीले १ सय १२ वटा मोवाइलसहित २ जना भारतीयलाई पक्रेको छ । पक्राउ पर्नेमा भारत राजस्थान घर भई काठमाडौं बस्ने ३६ वर्षीय राकेशकुमार र ५२ वर्षीय वनवारी चौधरी छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले भन्सार छलिका १ सय १२ थान मोवाईल सेट, ३ सय २० थान मोवाईलको डिस्प्ले, ५ सय ९३ थान मोवाईल ब्याट्री र ६ हजार थान क्यालकुलेटर बरामद गरेको छ । राकेश र वनवारी केही समयदेखि मोवाइल तस्करीमा संलग्न रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण