नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख नेपाल फर्किए
लन्डन । लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख बिहीबार नेपाल फर्किएका छन् । सन् २०१६ को जुलाईबाट लन्डनस्थित नेपाली दूतावासमा कार्यबाहक राजदूत तथा उपनियोग प्रमुखको रुपमा आफ्नो कार्यभार सम्हाल्दै आएका शरदराज आरन आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरि नेपाल फर्किएका हुन् । तत्कालिन कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको कार्यकाल सकिएपछि पहिलोपल्ट बेलायत आएका आरनले केहि महिना कार्यबाहक राजदूतको रुपमा समेत काम गरेका थिए । लामो समय राजदूतबिहिन रहेको बेलायतमा २० औं राजदूतको रुपमा डा. दुर्गाबहादुर सुवेदीको आगमनपछि आरनले उपनियोग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी सम्हाल्दै थिए ।
सरल स्वभाव र मिलनसार व्यक्तित्व भएका आरन बेलायतवासी नेपालीमाँझ निकै लोकप्रिय अनि सफल कूटनीतिज्ञ मानिन्छन । बेलायतवासी नेपालीका समस्यालाई आफ्नै समस्याको रुपमा हेर्दै आएका आरनले बेलायत रहदा भूतपूर्व गोर्खा मुद्दामा संयोजनकारी भूमिका निर्वाह गरे भने बेलायत र नेपालबीच विकास, व्यापार साझेदारी अभिवृद्धि र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन राजदूतको दाहिने हातको रुपमा रहेर काम गरे । आवश्यक परेको खण्डमा कार्यालय समय र बिदाको दिनलाई समेत पर्वाह नगरी काम गर्दै दूतावासको टीमलाई सफलता दिलाउन उनको महत्वपूर्ण योगदान रह्यो । दूतावासका गतिविधिको बारेमा समाचार एवं सूचना प्रवाह गर्ने उनले खेलेको भूमिका अत्यन्त सह्रानीय रहेको छ । टेलिफोन तथा म्यासेजको समभव भएसम्म तत्कालै जवाफ दिन काहिल्यै पछि पर्दैन थिए । यसका साथै दूतावासमा आयोजना हुने प्रत्येक कार्यक्रमलाई उनले सफलतापूर्वक संचालन गर्दै आएका थिए ।
‘कोभिड १९’ महामारीका बेला बेलायतमा रहेका नेपाली र नेपालबाट अध्ययनका लागि आएका विद्यार्थी अनि अन्य प्रयोजनमा आएका नेपालीलाई सघाउन उनको अहंम भूमिका थियो । आरनले बेलायतमामात्र नभइ माल्टा र आयरल्याण्डमा आफैं गएर त्यहां अध्ययन र रोजगारीको सिलसिलामा पुगेका नेपालीका समस्या र समाधानबारे सम्बन्धित सरकारी पदाधिकारीहरुलाई अवगत गराइ समस्या निराकरणमा ‘सहजीकरण’ गरेका थिए ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण दूतावासद्वारा कुनै औपचारिक कार्यक्रामको आयोजना गरिएन । बिहीबार दिउँसो २:४० बजेको कतार एअरवेजमार्फत उनि सपरिवार नेपालतर्फ प्रस्थान गरेका हुन् । उनलाई विदाइ गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित दूतावास परिवार विमानस्थल पुगेको थियो ।
यसअघि गत जुनमा दूतावासका द्वितीय सचिव लव सुवेदी पनि आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण