मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीयवासीको अवरोध

शुक्रबार, १२ भदौ २०७७, १७ : ०५
शुक्रबार, १२ भदौ २०७७

सिरहा । सिरहाको सुखिपुरमा कोरोना भाइरसबाट ज्यान गुमाएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयवासीले अवरोध गरेका छन् । सुखिपुर नगरपालिका ८ का अन्दाजी ६५ वर्षीय पुरुषको बिहीवार राती धरानमा उपचारको क्रममा मृत्यू भएको थियो । मृतकको शव आज बिहान १० बजे सुखिपुर ल्याइयो । तर नेपाली सेनाले  गागन नदीमा शवको व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरे ।

मृतकका आफन्त प्रदिप यादवकाअनुसार शव व्यवस्थापनका लागि सेनासँगै एसपी, मेयर र वडाध्यक्ष समेत पुगेका थिए । सार्वजनिक ठाउँमा शव व्यवस्थापन गर्नका लागि खाल्डो खन्न लाग्दा स्थानीयवासीले विरोध गरेका हुन् । बिहान करिब १० बजेदेखिनै शब बोकेर पुगेको एम्बुलेन्स गागन नदी छेउमा स्थानीयवासीले रोकेर राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप