कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीयवासीको अवरोध
शुक्रबार, १२ भदौ २०७७, १७ : ०५
सिरहा । सिरहाको सुखिपुरमा कोरोना भाइरसबाट ज्यान गुमाएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयवासीले अवरोध गरेका छन् । सुखिपुर नगरपालिका ८ का अन्दाजी ६५ वर्षीय पुरुषको बिहीवार राती धरानमा उपचारको क्रममा मृत्यू भएको थियो । मृतकको शव आज बिहान १० बजे सुखिपुर ल्याइयो । तर नेपाली सेनाले गागन नदीमा शवको व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरे ।
मृतकका आफन्त प्रदिप यादवकाअनुसार शव व्यवस्थापनका लागि सेनासँगै एसपी, मेयर र वडाध्यक्ष समेत पुगेका थिए । सार्वजनिक ठाउँमा शव व्यवस्थापन गर्नका लागि खाल्डो खन्न लाग्दा स्थानीयवासीले विरोध गरेका हुन् । बिहान करिब १० बजेदेखिनै शब बोकेर पुगेको एम्बुलेन्स गागन नदी छेउमा स्थानीयवासीले रोकेर राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण