शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अरिङ्गालको टोकाइबाट सात वर्षीय बालकको मृत्यु

शनिबार, १३ भदौ २०७७, १४ : २२
शनिबार, १३ भदौ २०७७

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने–६ का  सात वर्षीय बालक  खगेन्द्र बयक रहेका छन् ।  समयमै उपचार नहुँदा उनको शुक्रबार राति ९ बजे बाटोमै मृत्यु भएको हो । बालक घर नजीकै माथिल्लो भावरको नजीक रातीमाटे डाँडामा आफ्ना साथीहरुका साथमा गाई–गोरु चराउन गएका थिए । दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी  हतारहतार घरमा फर्किएका थिए । घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए । त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । 

 गुटुमा रहेको स्वास्थ्य चौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए ।  बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप