संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु
आइतबार, १४ भदौ २०७७, ०७ : ०४
काठमाडौं – देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।
पछिल्लो एक सातामा ६१ जना संक्रमितको मृत्यु भएको छ । गत आइतबार तीन, सोमबार आठ, मंगलबार सात, बुधबार ११, बिहीबार आठ, शुक्रबार १२ र शनिबार १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता शनिबार सबैभन्दा कम जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाभित्र शुक्रबार थप १ सय ८६ जनामा संक्रमण देखिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण