कोरोनाभाइरसबाट विश्वभर २ करोड ५० लाखभन्दा बढी सङ्क्रमित
एजेन्सी । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ५० लाखभन्दा बढी भएको छ । जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारीअनुसार विश्वभर कूल सङ्क्रमितको संख्या २ करोड ५० लाख ९ हजार २५० पुगेको हो ।
कूल सङ्क्रमितमध्ये ८ लाख ४२ हजार ७०२ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी सङ्क्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् ।
पछिल्लो विवरणअनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना सङ्क्रमित भएका छन् भने एक लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना सङ्क्रमित हुदाँ एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।
त्यस बाहेक धेरै सङ्क्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि, मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण