नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने
सोमबार, १५ भदौ २०७७, ०६ : २५
काठमाडौँ – नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ ।
विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ ।
विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण