कारागारभित्र पनि फैलियो कोरोना
काठमाडौं – देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का, सिराहा, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको हो ।
आइतबार मात्रै केन्द्रीय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले देशभरका ७१ कारागारमध्ये सात वटामा संक्रमण देखिएको बताए । उनका अनुसार ती सात कारागारमा रहेका कैदी बन्दी, सुरक्षाकर्मी र कर्मचारीमध्ये ६ सय ५८ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार थप भएका ३५ कैदीबन्दीसहित सो संख्या १ सय ६६ पुगेको छ ।
आइतबार साँझ केन्द्रीय कारागारमा थप भएका ३५ जना कैदी बन्दीसहित संक्रमित कैदी बन्दीको संख्या देशभर ७२ बाट बढेर १ सय ७ पुगेको छ । यसबाहेक कारागार सुरक्षामा खटिएका ५२ सुरक्षाकर्मी र सात कर्मचारीमा समेत हालसम्म संक्रमण पुष्टि भइसकेको छ ।
त्यसमध्ये हालसम्म ४८ जना कैदी बन्दी उपचारपछि संक्रमण मुक्त भइसकेका छन् भने अन्य कैदीबन्दी विभिन्न स्थानमा रहेका कोभिड अस्पतालहरूमा उपचाररत छन् । यसैगरी १८ जना सुरक्षाकर्मी निको भइसकेका छन् भने ३४ जना उपचाररत छन् । यस्तै, सात कर्मचारीमध्ये ६ जना निको भइसकेका छन् भने एक जना उपचाररत छन् ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सापकोटाले कारागारमा रहेका कैदी बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीलाई कैदीबन्दीलाई अस्पताल वा अदालत लैजाँदा संक्रमण सरेको हुन सक्ने बताए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण