कोरोना जितेका पुरुषले ‘अपहरणमा परेँ’ भन्दै एम्बुलेन्सको सिसा फुटाएपछि..
काठमाडौं । भक्तपुरको सल्लाघारीमा गएराति एकजना पुरुषले ‘आफू अपहरणमा परेको’ भन्दै एम्बुलेन्स तोडफोड गर्न थाले । रातको १० बजे मुल सडकमा एम्बुलेन्सको सिसा फुटाएर बाहिर निस्केपछि स्थानियले प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुग्यो ।
प्रहरी पुगेपछि थाहा भयो ती व्यक्ति कोरोना भाइरस पोजेटिभ देखिएपछि १० दिनअघि सशस्त्र प्रहरी बलको बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनी हुन्, भक्तपुर नगरपालिका–१० घर भएका पुरुष ।
पीसीआर जाँच रिपोर्ट नेगेटिभ आएपछि एपीएफ अस्पतालले उनलाई डिस्चार्ज गरेर प्रदेश ३–०१–००२ झ ५२३० नम्बरको एम्बुमा घर पठाएको थियो । तर, सल्लाघारी पुगेपछि उनले ‘अपहरणको परेको’ दावी गर्दै आफूलाई घर छाड्न हिँडेको एम्बुलेन्सको सिसा फुटाएर आतंक मच्चाउन थालेपछि एम्बुलेन्स चालक तनावमा परे । स्थानीय प्रहरीले केही घण्टा हैरानी ब्यहो-यो ।
‘मलाई अपहरण गरेर ल्यायो’ भनेर उनले आतंक मच्चाएपछि एम्बुलेन्स चालकलाई स्थानीयले घेरा हाले । प्रहरी पुगेपछि बल्ल एम्बुलेन्स चालकले सन्तोषको श्वास लिए ।
‘अपहरणमा परेको दावी गरेपनि वास्तविकता त्यस्तो थिएन’ महानगरीय प्रहरी परिसर जगातेका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रराज जोशीले भने–‘एम्बुलेन्सको क्षति भएको सिसा मर्मत गर्नेगरी हामीले उहाँलाई परिवारको जिम्मा लगाएका छौं ।’
अचानक किन उनले ‘अपहरणमा परेँ’ भन्दै आतंक मच्चाए भन्नेमा प्रहरी नै चकित परेको छ । आफूलाई थप समय अस्पताल बस्ने चाहना हुँदाहुँदै डिस्चार्ज गरिएको र सँगै भर्ना भएका अरु चारजना संक्रमितलाई चाहिँ डिस्चार्ज नगरेकोमा उनले आपत्ति जनाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण