सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीका ७२ जना डीएसपीको सरुवा, प्रचण्डका पिएसओ रोल्पा इन्चार्ज

सोमबार, १५ भदौ २०७७, १३ : २७
सोमबार, १५ भदौ २०७७

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिएसओ (पर्सनल सेक्यूरिटी अफिसर)का रुपमा कार्यरत नरेशराज सुवेदीलाई रोल्पा सरुवा गरिएको छ । सुवेदीसहित १४ जिल्लाका डीएसपी फेरिएका छन् ।

काठमाडौं उपत्यकाको महानगरीय प्रहरी वृत्त जगातेमा राजेश थापा र महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहरालाई सरुवा गरिएको छ । बोहराले यसअघि पनि महानगरीय प्रहरी वृत्त सिंहदरबारको कमाण्ड गरेका थिए । एकजना डिएसपीले दुईपटक उपत्यकाको वृत्त इन्चार्ज बन्न नपाउने नियम यसपटक तोडिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टाराई, पाँचथरमा दानबहादुर थापा, बाजुरामा मदनजित महरा, डडेल्धुरामा महेन्द्र नेपाल र जुम्लामा माधवप्रसाद काफ्लेलाई सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सुनिल मल्ललाई पठाइएको छ । मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप