यस्तो छ निगमको नयाँ उडान तालिका
काठमाडौं – नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ ।
सरकारले मंगलबार (आज)देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ र २८ सेप्टेम्बरमा दुबई उडान भर्नेछ भने क्वालालम्पुरमा आगामी ६, १३, २० र २७ सेप्टेम्बरमा उडान भर्नेछ ।
त्यसैगरी, हङकङमा आगामी ९ र २३ सेप्टेम्बरमा उडान भर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निगमले नियमित उडान नहुने विभिन्न देशका हवाई गन्तव्यका लागि सेप्टेम्बरको चार्टर उद्धार उडान तालिकासमेत सार्वजनिक गरिएको जनाएको छ । चार्टर उद्धार उडानका लागि निगमले जेद्दामा आगामी ५, ११ र २७ सेप्टेम्बर, दमाममा आगामी ७ सेप्टेम्बर, कुवेतमा १४ सेप्टेम्बरमा उडान भर्नेछ ।
यसैगरी, दोहामा आगामी १५, २१, २२, २७ र २९ सेप्टेम्बरमा र रियादमा आगामी १९ सेप्टेम्बरमा नै उडान भर्ने नयाँ तालिका बनाइएको निगमले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण