‘नेकपाका कार्यकर्ता अचानक आएर मुखमा हिर्काए’
आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता÷कार्यकर्ताद्वारा हातपात भएको हो ।
बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहेका मानबहादुर थापाले हातपात गरेको पीडित वडाध्यक्ष थापाले जानकारी दिए।
“पार्टीको वडा कमिटीले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठ्ठी काटेकाले म त्यहीअनुसार बैठकमा सहभागी भएँ”, वडाध्यक्ष थापाले रासससँग भने, “सबैले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ‘तिमी सत्ताका भतुवाहरु भत्ताले मातेका’ भन्दै अचानक आएर मुखमा हिर्काए ।”
पार्टीको औपचारिक बैठकमा बिना कमजोरी आफूमाथि हातपात भएको उल्लेख गरेका थापाले जनकल्याण आधारभूत विद्यालयजस्तो सार्वजनिकस्थलमा आफूमाथि भएको हातपातका बारेमा पार्टी र प्रशासनमा उजुरी दिने बताए ।
वडाध्यक्ष थापा नेकपा अदानचुली गाउँ कमिटीका सदस्यसमेत हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण