रौतहटका युवकको भारतमा गोली हानी हत्या
मङ्गलबार, १६ भदौ २०७७, २० : ०४
रौतहट । जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो ।
सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए । शव परीक्षणको लागि भारत विहारको मोतीहारी अस्पतालमा भारतीय प्रहरीको सहयोगमा लगिएको बताइएको छ ।
हत्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ । ईशनाथ नगरपालिका औरैया गाउँ निवासी सञ्चारकर्मी किशोरी यादवका अनुसार साहको पैसाको लेनदेनको कारण हत्या भएको हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण