भारतको तेलङ्गनामा कार दुर्घटना, ५ युवकको मृत्यु
बुधबार, १७ भदौ २०७७, २२ : ३७
एजेन्सी । भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको ज्यान गएको छ । उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा ती पाँच जनाको ज्यान गएको प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिएका छन् ।
उनका अनुसार बुधबार अपरान्ह १ः३० बजे पाँच जना युवा सवार रहेका एक कार दुर्घटनाग्रस्त भएको थियो । उनीहरुलाई प्रहरीले उद्धार गरेको तर घटनास्थलमै उनीहरुको ज्यान गएको बताइएको छ ।
उनीहरु सवार रहेको कारको विपरीत दिशाबाट आएको एक ट्रकले सो कारलाई ठक्कर दिएको थियो । त्यसपछि कार पनि उछिट्टिएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक रेड्डीले उनीहरुको घटनास्थलमै निधन भए तापनि प्रहरीले थप अनुसन्धान भने गरिरहेको जानकारी दिएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण