निषेधाज्ञा जारी भएका जिल्ला प्रशासन कार्यालयलाई सीसीएमसीको निर्देशन
काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा जारी भएका जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले निषेधाज्ञाले जनजीवनमा पारेको असरलाई व्यवस्थापन गर्न दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जनसमुदायमा पर्न गएको समस्यालाई मध्यनजर गरी मापदण्ड तोकेर दैनिक कार्य गर्न पाउने व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको बताए । बैठकमा एम्बुलेन्सको सेवालाई प्रभावकारी बनाउने र कोभिड अस्पतालमा आइसियु र भेन्टिलेटरको थप व्यवस्था गर्ने विषयमा छलफल भएको छ ।
यस्तै नेपाल भेन्टिलेटर सेवाले सुरु गरेको भेन्टिलेटर बैंकको परिचालन स्वास्थ्य सेवा विभागमार्फत गर्ने निर्णय समेत गरेको छ । यसबाहेक तेस्रो मुलुकबाट हवाई उडानमार्फत पीसीआर परीक्षण भएका र नभएका व्यक्तिहरु एउटै जहाजमा आएको पाइएकाले त्यसलाई कडा रुपमा कार्यान्वयन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिने निर्णय गरेको गुरागाईंले बताए ।
बैठकले कोरोना संक्रमणको वृद्धिसँगै देखिएका समस्या समाधान गर्न थप रणनीति बनाउने विषयमा समेत छलफल गरेको थियो । यस्तै विभिन्न चाडपर्व, जात्रा लगायतका गतिविधि सञ्चालनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्डअनुसार हुने पनि सचिव गुरागाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण