आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

७० करोड युरोको बन्धनमा मेस्सी

शनिबार, २० भदौ २०७७, १२ : १९
शनिबार, २० भदौ २०७७

लियोनल मेस्सीले अन्तत बार्सिलोना नछाड्ने भएका छन् ।  ३३ वर्षीय मेस्सी विगत २० वर्षदेखि क्याटलान क्लबमा आबद्ध छन् र १६ वर्षदेखि माथिल्लो डिभिजनमा खेलिरहेका छन् ।

गत अगस्टमा उनले क्लब छाड्ने इच्छा व्यक्त गर्दै व्यवस्थापनलाई यसको जानकारी दिएका थिए । तर अहिले आफ्नै निर्णयमा ‘बाध्यात्मक’ रुपमा उनी युूटर्न भएका छन् । अब चाडैँ उनले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा ट्रेनिङ सुरु गर्नेछन् । मेस्सीले नचाहनुको कारण यसरी गोल डटकमसँगको यसरी शेयर गरेका छन् ।

छोरासहित पुरै परिवार रोयो

जब मेस्सीले क्लब छाड्ने विषयमा श्रीमती र परिवारसँग कुराकानी गरे । तब निकै कठिन अवस्था निम्तियो । ‘पुरै परिवार रुन थाल्यो । मेरा छोराहरु बार्सिलोना छाड्न चाहन्नन् । उनीहरु स्कुल फेर्न चाहँदैनन् । तर मैले निके टाढाको सोचेको थिएँ । म माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न चाहन्छु । म च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न र उपाधि जित्न चाहन्छु । तपाईंले हार्न वा जित्न सक्नुहुन्छ । तर प्रतिस्पर्धा गर्नैपर्छ । हामी रोम, लिभरपुल वा लिस्बनमा जस्तै सहजै हार्न हँुदैन । यी सबै कुराले मलाई यो निर्णय लिनका लागि सोच्न बाध्य गराएको थियो ।’

मेस्सीले आफ्ना छोरा थिएगोसँगको हृदयविदारक संवाद पनि गोल डटकमसँग शेयर गरेका छन् । उनले कठिन अवस्थामा पनि सधंै आफुसँगै रहने श्रीमती एन्टोनेल्लाको प्रशंसा गरेका छन् । ‘माटियो अझै धेरै सानो छ र उसले अन्यत्र जानुुको अर्थ महसुस गर्न सक्दैन । थिएगो केही बुुझ्ने भइसकेको छ । टिभी हेरेपछि उनले मलाई केही सोध्यो ? मैले बार्सिलोना छाड्न बाध्य बनाइएको विषयमा केही बोल्न चाहिनँ ।’

मेस्सी भन्छन्, ‘उसले रुँदै बार्सिलोना बाहिर जान्न भन्यो ।  म फेरि भन्छु, यो निकै गाह्रो थियो । मसँग के भएको थियो भनेर बुुझ्न गाह्रो छ । यो निकै गाह्रो निर्णय थियो । मलाई थाहा छ बार्सिलोनाभन्दा राम्रो ठाउँ मैले पाउनेछैन ।’

नयाँ चुनौती आत्मसात् गर्ने मेस्सीको महत्वकांक्षामा अन्तिममा बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउ बाधक बनेका हुन् । ‘मलाई लागेको थियो र ढुुक्क थिएँ कि म छाड्नका लागि स्वतन्त्र छु । अध्यक्षले सधैं भनेका थिए कि सिजनको अन्त्यमा बस्ने वा छाडन् भनेर निर्णय लिनसक्ने स्वतन्त्रता मलाई छ । तर, उनले बोली फेरे । मैले पनि बार्सिलोनाविरुद्ध अदालत जानेबारे सोच्नै सकिनँ ।’

‘मुद्दा हाल्न चाहन्न’

मेस्सीले निशुल्क रुपमा स्थानान्तरण हुने आफ्नो इच्छाबारे क्लबलाई जानकारी दिएका थिए । सम्झौताअनुसार बार्सिलोनालाई कुनै स्थानान्तरण शुल्क नबुुझाइ १० जुनभित्र मेस्सी क्लब छाड्नसक्ने व्यहोरा उल्लेख थियो । कोरोना भाइरस महामारीका कारण यस सिजनको लिग लम्बियो । त्यसकारण उनले अगस्टमा क्लब छाड्ने जानकारी गराए । यद्यपी, क्लबले यसलाई स्वीकार गरेन । १० जुनभित्र जानकारी नगराएका कारण मेस्सीले अन्यत्र क्लबमा जाने हो भने स्थानान्तरण शुल्क बुुझाउनुपर्ने क्लबको शर्त छ । सम्झौताअनुसार १० जुनपछि अर्को कुनै क्लबले मेस्सीलाई आबद्ध गर्ने हो भने ७० करोड युरो बार्सिलोनालाई बुुझाउनुपर्नेछ । ‘अहिले क्लबका अध्यक्षले भन्दैछन्् कि मैले १० जुनअघि जानकारी गराइनँ । जबकि त्यतिबेला हामी ला–लिगा र अन्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै थियौं । अब म क्लबमै रहनेछु किनभने अध्यक्षले मलाई क्लब छाड्नका लागि ७० करोड बुुझाउने बाटोमात्रै छ भनेका छन् । यो असम्भव छ,’ मेस्सी भन्छन् ।

यसका लागि अर्को उपाय थियो – कोरोना भाइरसका कारण सिजन लम्बिएकाले सम्झौता पनि हेरफेर हुनुपर्ने भन्दै मेस्सीले क्लबविरुद्ध अदालतमा मुद्दा हाल्ने । तर, बाल्यकालदेखि आबद्ध भएको क्लबविरुद्ध उनी अदालत जान चाहेनन् । ६ पटकको बेलोन डि अर विजेता मेस्सी भन्छन्, ‘अदालतमा जाने बाटो थियो । तर बार्सिलोनाविरुद्ध म कहिल्यै त्यस्तो कदम चाल्दिनँ किनकी यो मैले माया गर्ने क्लब हो । यहाँ आएदेखि क्लबले मलाई सबै दिएको छ । यो मेरो जीवनको क्लब हो र मैले मेरो जीवन यहाँ बनाएको छु ।’  १३ वर्षको उमेरमा युवा टोलीमा छानिएपछि मेस्सी अर्जेन्टिनाको रोसारियोबाट बार्सिलोना आएका थिए । मेस्सीको उचाइँ नबढ्ने समस्याको महङ्गो उपचार गर्ने खर्च परिवारसँग थिएन, क्लबले नै उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहो¥यो । इस्प्यानोलविरुद्ध खेलमार्फत मेस्सीले अक्टुबर २००४ मा ला–लिगामा डेब्यु गरेका थिए, जतिबेला उनको उमेर १७ वर्ष थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप