आगलागीमा साढे एक करोड क्षति
जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका–५ का देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ ।
शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा रु एक करोड ४० लाख ५८ हजार १०० बराबरको भौतिक सम्पत्ति क्षति भएको हो ।
प्रहरीको मुचुल्का अनुसार आगलागीबाट घरधनी देवेन्द्र शर्माको रु ३८ लाख ८२ हजार क्षति भएको छ भने सोही घरमा भाडा लिएर व्यवसाय गरिरहेका राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाममा आगलागी हुँदा रु ५० लाखको क्षति भएको हो । गोदाममा राखिएको खुद्रा, खाद्यान्न सामग्री, इलेक्ट्रोनिक सामान ल्यापटप, कम्प्युटर, फर्निचर, प्रिन्टरलगायत सबै सामान जलेर नष्ट भएका छन् । प्रहरी सहायक निरीक्षक देवराज भट्टराईका अनुसार देवेन्द्र शर्माकै छेउमा रहेको लविनध्वज खाँडको घरमा समेत आगलागी हुँदा रु दुई लाख बराबरको क्षति भएको छ ।
सोही घरमा भाडा लिएर कपडा पसल गरिरहेका पदमराज चौलागार्इंको प्रकृति सपिङ सेन्टरमा पनि रु छ लाखको क्षति भएको हो । त्यस्तै जनकध्वज खाँडको घरमा रु ५० हजार, सोही घरमा भाडामा पसल गर्ने अनुपम कपडा पसलको एक लाख र आसिप खान र रेस्मा जोलाको रु २६ हजारको क्षति भएको छ । देवेन्द्र शर्माको घरबाट सल्केको आगोले दुई घरमा रु एक करोड ४० लाखको क्षति गरेको हो ।
बेलैमा आएको चन्दननाथ नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियताले मुख्य बजार आगलागी हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीको भनाइ छ । सोलार ब्याट्री चुहावट भएर आगलागी भएको प्रहरीको अनुमान छ । खलङ्गामा तीनदेखि बत्ती नआएको र घरमा पनि कोही नभएको अवस्थामा रहस्यमय तरिकाले आगलागी भएको छ ।
यसैबीच चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । नगरपालिकाले आगलागी पीडित आठ जनालाई चामल र प्रतिव्यक्ति १० हजारका दरले राहतस्वरुप रकम उपलब्ध गराएको नगरप्रमुख कान्तिका सेजुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण