प्रधानमन्त्रीले गरे मनोचिकित्सकसँग परामर्श, निराशा र दिक्दारी हटाउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड १९ का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका छन् ।
मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग परामर्शका क्रममा निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने उनले जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् ।
छलफलमा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘कोभिड १९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चारमाध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’

सो अवसरमा प्राडा. सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा. सरोजप्रसाद ओझा, प्राडा. दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालिन र दीर्घकालिन उपायहरू प्रस्तुत गरेको सल्लाहाकार थापाले जनाएका जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण