बालिकालाई फकाएर मध्यरातमा भारत लैजादै गरेका ६ युवक पक्राउ
रौतहट – निषेधाज्ञाकै अवधिमा रौतहट स्थित एकजना बालिकालाई ललाई फकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीचौकी नरकटियाका असई मेरालाल प्रसाद गुप्ताको कमाण्डमा गएको गस्तीटोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चौक बाट बुधवार राति १ बजे पक्राउ गरेको हो ।
बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाईकलमा एकजना बालिका सहित क्रमश तिनजना र चारजना चढेर भारततर्फ गईरहेको अवस्थामा शंकालागेर नियन्त्रणमा लिएको असई गुप्ताले बताएका छन् ।
फतुवा बिजयपुर नगरपालिका वडा ५ सितलपुरका यादव थरकी एकजना १८ बर्षिया बालिकालाई मध्यरातमा लिएर जाने युवाहरु सबै मौलापुर नगरपालिका ५ र वडा ८ का रहेका छन् ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका वडा ८ सोनरनियाका बर्ष २० का अनिल पटेल,बर्ष २० का दिपेन्द्र पटेल रहेका छन् ।
त्यसैगरी, मौलापुर वडा ५ मौलापुर गाँउका बर्ष १९ का अरबिन्द ठाकुर,बर्ष २० का धनन्जय तिवारी,बर्ष १७ का दिपेश यादव र बर्ष २२ का रामबालक पटेल पक्राउ परेको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी शिद्धी बिक्रम शाहले जानकारी दिएका छन् ।
एसपी शाहका अनुसार पक्राउ परेका एकजना बालिका र ६ जना युवाहरुलाई राति नै जिल्ला प्रहरी कार्यालय गौरमा ल्याइएको छ ।
के मन्सायले एकजना बालिकालाई ६ जना युवकले राति १ बजे भारततर्फ लगिरहेका थिए आफैमा गम्भीर बिषय हो ।
त्यसको बारेमा छानबिन भईरहेको छ दोषी देखिएमा कानुन बमोजिम कारबाही हुने एसपी शिद्धी बिक्रम शाहले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण